काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पु¥याउने बताएका हुन् । उनले देश हाल कुनैपनि प्रकारको द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु–सम्बन्ध कायम रहेकाले देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गर्दै देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिएको बताए । मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उनीहरूको योगदान अपरिहार्य रहेको बताए ।
समारोहमा यस वर्ष प्रदान गरिएका प्रज्ञा पुरस्कारहरू निम्नानुसार छन् :
प्रज्ञा भाषा पुरस्कार २०७८ – श्री चूडामणि रेग्मी
प्रज्ञा सामाजिकशास्त्र पुरस्कार २०७८ – श्री दिल साहनी
प्रज्ञा संस्कृति पुरस्कार २०७८ – श्री डिक बान्तावा
प्रज्ञा बालसाहित्य पुरस्कार २०७८ – श्री शारदारमण नेपाल
प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०७८ – श्री जसराज किराती
प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०७८ – श्री कृष्ण धरावासी
प्रज्ञा समालोचना पुरस्कार २०७८ – डा. सुधा त्रिपाठी
प्रज्ञा दर्शन पुरस्कार २०७८ – श्री गोपीरमण उपाध्याय
प्रज्ञा अनुवाद पुरस्कार २०७८ – डा. बलराम अधिकारी
प्रज्ञा अन्तर्देशीय पुरस्कार २०७८ – श्री भविलाल लामिछाने (भारत)
प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको राशी एक लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया