अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको अनुगमन पछि अब विद्यालयहरुको अनुगमन सुरु गरेका छन् । 

अभिभावकहरुको गुनासो आउन थालेपछि शैक्षिकस्तर सुधार गर्न मुख्यमन्त्री सिंह विद्यालयहरुको अनुगमनमा निस्किएका छन् । सो क्रममा उनले मंगलबार धनुषाको हंसपुर नरगपालिकास्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले विद्यालयका भौतिक संरचना, शिक्षकको उपस्थित, विद्यार्थीहरुको पढाई, विद्यालयका समस्याहरुबारे जानकारी लिएका छन् । 

उनले कक्षा कोठाभित्रै पुगेर विद्यार्थीहरुसंग पढाइ लेखाइका बारेमा कुरा गरेका छन् । साथै उनले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसंग छलफल गरेका छन् ।मुख्यमन्त्री सिंहले शिक्षकहरुलाई समयमा विद्यालय आउन र विद्यार्थीहरुको पठन पाठनमा ध्यान दिनुका साथै नियमीत गृहकार्य दिएर कापी चेक गर्न निर्देशन दिए । उनले अभिभावकहरुलाई आआफ्नो छोराछोरीले कक्षा कोठामा पढेका कुराहरु घरमा चेक गर्न आग्रह गरे । उनले छोराछोरी विद्यालय गएकी गएन्न, गृहकार्य गरेकी गरेनन् लगायत चेक गर्न अभिभावकहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री सिंहले विद्यालयहरुमा देखिएका भोतिक संरचना, खानेपानी, सौचालय लगायतका समस्या समाधान गर्न स्थानीय तहसंग समन्वय गर्नुका साथै प्रदेश सरकारको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
 

प्रतिक्रिया