बेइजिङमा बुद्ध जयन्ती र प्रार्थना समारोह

काठमाडौं । २५६९औँ बुद्ध जयन्तीको अवसरमा आज चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा प्रार्थना समारोहको आयोजना गरिएको छ।

 

bbb

 

चीनका लागि नेपालका राजदूत डा. कृष्ण प्रसाद ओलीले बुद्धको महिमा, बुद्ध सन्देशको महत्त्व बारे चर्चा गर्दै आफ्नो सम्बोधनमा इतिहासदेखि नै नेपाल र चीनलाई नजिक ल्याउन बौद्ध धर्मको महत्त्वपूर्ण भूमिका भएको व्यक्त गरे ।

bfbfb

ओलीले नेपाल चीन सम्बन्धले बौद्ध धर्म प्रतिबिम्बित गर्ने भन्दै हाम्रा कूटनीतिक सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित छन्, जसले आपसी सम्मान, आपसी बुझाइ, अहिंसा, समानता र शान्तिपूर्ण सहकार्यको बौद्ध भावनाको प्रतिबिम्बित गर्ने बताए।

Budhaa

प्रार्थना समारोहमा चीनको बौद्ध धर्म समितिका उपाध्यक्ष तथा लिङक्वाङ मन्दिरका महन्त समादरणीय छाङ चाङले चीन र नेपाल असल छिमेकी मुलुक भएको बताउँदै दुई देशका जनताबीच निकै घनिष्ठ सम्बन्ध रहेको र दुई देशको बौद्ध धर्म वर्गबीच पनि निकै गहिरो मित्रता रहेको बताए। उनले भने, ‘वर्ष २०२५ ले चीन र नेपाल बीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ, चीनमा 'नेपाल पर्यटन वर्ष' र हाम्रो संघद्वारा निर्मित लुम्बिनीको चीन मन्दिरको पूर्णता र आराधनाको २५ औँ वर्षगाँठलाई प्रतिनिधित्व गर्दछ।’

सिजीटिएनका प्रतिनिधि अजय अलौकिकका अनुसार, विभिन्न देशका राजदूत तथा दूतावासकातर्फबाट कूटनीतिज्ञहरूको उपस्थिति रहेको सो समारोहमा १ सय २० भन्दा बढीको सहभागिता थियो। चीनमा बस्दैआएका नेपाली तथा चिनियाँ बौद्ध धर्मावलम्बी र शुभेच्छुक बीच दूतावासमा प्रार्थना कार्यक्रमका साथै ध्यान तथा योग कार्यक्रमको आयोजना गरिएको थियो।

प्रतिक्रिया