काठमाडौँ । भारत र पाकिस्तानबीच युध्द सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रभावित भएको छ । यसबीच पाकिस्ताको आकाश असुरक्षित बनेको भन्दै अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले आफ्ना उडानहरु बन्द गरेका छन् ।
कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ । बुधबार कतार एयरवेजले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको भन्दै आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारी दिएको छ ।
एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।
पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ ।
त्यस्तै जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ ।
प्रतिक्रिया