काठमाडौं । संगीतको रियालिटी शो 'इन्डियन आइडल १२' का विजेता पवनदीप राजन हिजो वैशाख २२ गते अर्थात मे ५ का दिन भएको गम्भीर कार दुर्घटनामा परी सख्त घाईते भएका छन् । उनलाई आईसीयूमा राखेर उपचार गरिएको छ । उत्तराखण्डबाट नयाँदिल्ली जाँदै गर्दा गजरौला भन्ने ठाउँमा चालक निदाएका कारण यो दुर्घटना भएको थियो, जसमा पवनदीपको हात र खुट्टा भाँचिएको छ ।
गायन रियालिटी शो 'इन्डियन आइडल सिजन १२' का विजेता तथा आफ्नो एकल गायनका लागि प्रसिद्ध पवनदीप राजनको हिजो भएको भयानक कार दुर्घटनामा गम्भीर घाईते भएका छन् । उनलाई आईसीयूमा सारिएको छ। उनको अवस्था स्थिर रहेको बताईएको छ। दुर्घटनापछि पवनदीपलाई नजिकैको निजी अस्पतालमा भर्ना गरिएको थियो।
उत्तराखण्डबाट नयाँदिल्ली जाँदै गर्दा, चालक राहुल सिंह गजरौलामा निदाएका थिए र उनको हेक्टर कार क्यान्टरसँग ठोक्किएको थियो जसका कारण उनको दुवै हात र दुवै खुट्टा भाँचिएको थियो। उनका अन्य दुई साथीहरू पनि घाइते भएका छन् भने कार नराम्ररी क्षतिग्रस्त भएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका समाचार अनुसार, दुर्घटना अहमदाबादमा भएको हो। तर केहीले यो घटना उत्तर प्रदेशको अमरोहामा भएको उल्लेख गरेका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, चालक राहुल सिंहको निद्राले गर्दा दुर्घटना भएको थियो जसले गर्दा गायकको ज्यान खतरामा परेको थियो।
पवनदीपको पछिल्लो स्वास्थ्य अपडेट अनुसार उनलाई निजी अस्पतालको आईसीयूमा सारिएको छ। पवनदीपको दुवै खुट्टा भाँचिएको छ र टाउकोमा गम्भीर चोट लागेको छ। उनका साथी र चालक पनि घाइते भएका छन्।
पवनदीपको परिवारले उनलाई नोएडाको फोर्टिस अस्पतालमा स्थानान्तरण गर्ने व्यवस्था मिलाएको छ। गजरौला प्रहरी चौकीका गृह अधिकृत अखिलेश प्रधानले अनुसन्धान जारी रहेको बताए।
पवनदीप र उनका दुई साथीहरू अझै पनि नोएडामा चिकित्सा निगरानीमा छन्। यसैबीच, डीएसपी श्वेताभ भास्करले क्षतिग्रस्त दुवै कार जफत गरिएको र लिखित उजुरी आएपछि मात्र थप कारबाही गरिने बताए।
बिहान करिब ३:४० बजे यो दुर्घटना भएको हो। उनको भिडियो र तस्बिर सामाजिक सञ्जालमा पनि देखिएको छ ।
उनी गम्भीर घाइते भएको देखिन्थ्यो। साथै, अस्पतालबाट ओछ्यानमा सुतिरहेको उनको एउटा तस्बिर पनि सार्वजनिक भएको छ, जसमा उनी धेरै सिकिस्त देखिन्थे।
गायकले इन्डियन आइडल १२ को उपाधि जितेका थिए। उनले कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पनि पाएका थिए । उनले २ वर्षको उमेरमा तबला वादकको उपाधि पनि जितेका थिए।
नेपाल र भारतमा मात्र होइन संगीत संसारमै चिनिएका पवनदीपको यो दुखद खबरले सबैलाई चिन्तित बनाएको देखिएको छ ।
प्रतिक्रिया