वर्षाको सुरुआतमै तीन राजमार्ग अवरुध्द, सहज आवागमनमा चर्को समस्या

काठमाडौं । वर्षा सुरु हुन थाल्नासाथ तीनवटा राजमार्गको आवागमन चुनौतिपूर्ण बनेको छ । कतै समयमै निर्माण कार्य नभैदिँदा त कतै मर्मतमा अधिक समय लागेर राजमार्ग र सहायक मार्गहरुमा यातायातामा कठिनाई उत्पन्न भएको छ । 

देशको पूर्व पश्चिम जोड्ने महत्वपूर्ण राजमार्गको नारायण बुटवल खण्डको दाउन्ने खण्डमा अत्यधिक हिलो जमेर चिप्लो हुँदा पूर्व पश्चिम राजमार्गको अवरुद्ध भएको छ ।

गए राती देखिको वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो भएका कारण सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पूर्वी नवलपरासीको दाउन्ने क्षेत्रमा वर्षाको कारण सवारी साधन चिप्लिने समस्या भएको हुँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बिच सडकमा अलपत्र परेका छन् ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा आगामी वैशाख ३१ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ ।

कान्ति राजपथ

Kanti

हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोक पथ पनि अवरुद्ध भएको छ । आज बिहान परेको वर्षाका कारण  बागमती पुल नजिक बाटो बगाउँदा तत्काल बाटो अवरोध भएको छ ।

मकवानपुर र ललितपुरको सिमाना मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ ललितपुर तर्फको बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाइभर्सन बाटो वर्षाको कारण बगाएकोले तत्काल बाटो अवरोध भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको सडक कार्यालयले जनाएको छ। 

त्रिभुवन राजपथ

काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ भोलि २२ गते सोमवार देखि ३१ गतेसम्म रातको समयमा दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

राजपथको स्तर उन्नति सहित निर्माणाधीन अवस्थामा रहेको सडक निर्माणमा केही सुधार गर्नु पर्ने नौ दिनका लागी बन्द गरिएको हो ।

नाग ढुङ्गा मुग्लीन सडक योजनाका अनुसार त्रिभुवन राजपथको केही भाग राजधानी काठमाण्डौँमा पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय काठमाण्डौँसँग समेत सहकार्य गर्दै सडक निर्माण सुधार गर्नु पर्ने भएकोले  बन्द गरिएको हो ।

TRP

नागढुङ्गादेखि नौबिसेसम्मको सडक सोमवार २२ गते राती ११ बजे देखी देखी लागु हुने गरी चालु महिनाको ३१ गते बुधवार सम्मका लागि दैनिक रातीको समयमा पाँच घण्टा पूर्ण रूपमा बन्द गरी काम गर्ने तयारी छ । यो समयमा राजधानी काठमाडौँ प्रवेशका लागी आएका सबै सवारीलाई धुनीवेशी नगरपालिका स्थित खत्री पौवा र बाहिरिने सवारीलाई काठमाण्डौँको थानकोट चेकपोस्टलगायत नगाढुङ्गा चेकपोस्टमा रोकिने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङ मार्फत नाग ढुङ्गा  मुग्लीन सडक आयोजनले एक सूचना जारी गदै त्रिभुवन राजपथ भएर सङ्घीय राजधानी प्रवेशका लागी आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधाहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी हाँक्न र ट्राफिक निको पालन गर्न सवारी चालकहरूलाई आग्रह समेत गरेको छ ।

आयोजनले सूचना प्रकाशित गर्दै सान तथा हल्का र मझौला सवारीका साधनहरूलाई सङ्घीय राजधानी प्रवेशका लागी धार्के सितापाईला र सामाखुसी टोखा गुर्जेभञ्ज्याङ्ग सडक गल्छी सडक प्रयोग गर्न आग्रह समेत गरेको   छ ।

 

प्रतिक्रिया