काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । उनले भने, ‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन । हासिल गरेका छौं । अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा सफल भएको छ । अव यसमा अनौपचारिक क्षेत्रलाई हामीहरुले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने चुनौतिको विषय भएको छ । यसलाई गम्भीर रुपमा लिएर अगाडि जानुछ । मैले धेरै प्रयास गरें । नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो तर अझै श्रमिक आयोग बनाउन सकेको छैनौ । यसका लागि नेपाली कांग्रेस सँधै तयार रहिरहन्छ ।’
उनले होटेलमा कार्यगत श्रमिकहरुले सेवा शुल्क वापत पाउने १० प्रतिशतका लागि कानून बनाएर अगि बढ्नुपर्ने बताए । ‘होटलमा कार्यरत श्रमिकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठुलो कुरा माग गर्नुभएको छैन् । कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतको पनि भनेको छ । त्यसका लागि नेपाली कांग्रेस कानून बनाउन अगाडि बढ्छ,’ उनले भने ।
प्रतिक्रिया