आन्तरिक रोजगार प्रवर्द्धन दशकको कार्ययोजना अन्तिम चरणमा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको बताएका छन् । 

बिहीवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिंदै उनले आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित घोषणा भएको आन्तरिक रोजगार प्रवर्द्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् । उनले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिको पनि बताए । उनले भने, ‘आगामी दश वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित घोषणा भएको आन्तरिक रोजगार प्रवर्द्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको छ । यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रम संग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको छ ।’

 

प्रतिक्रिया