राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो ।


 

प्रतिक्रिया