रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । जन्ती लिएर सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप गरुडामा दुर्घटना भएको हो ।

दुर्घटनामा बाराको गढीमाई नगरपालिका–४ का मुसाफिर अन्सारी र सोही ठाउँका शेख छोटुको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । अन्य तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो ।

तीनै जनाको सनाखत हुन नसकेको भण्डारीले बताए । घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया