'प्रचण्डको प्रतिवेदन काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो'

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवाद भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले भनेका छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो । फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो, अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए ! शुभकामना!’

उनले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख गरेका छन् ।

उनले भने, ‘क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ। जिम्मेवार नेताले जनतालाई बाटो देखाउने हो, भ्रम छर्ने हैन ।’ प्रचण्डले महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।


 

प्रतिक्रिया