चोलेन्द्र शम्सेरको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ । वृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले राणाविरुद्ध आइतबार विभागमा उजुरी दिएका हुन् ।

केसीले प्रधानन्यायाधीश राणा, उनकी धर्मपत्नी, भाइ, परिवारका अन्य सदस्य, नातेदार, बिचौलिया समेतको भ्रष्ट गिरोह नै खडा गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया