'प्रधानमन्त्री र म बालकोट गएर ओलीलाई सदन नरोक्न आग्रह गर्छौं'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निवासमै गएर आग्रह गर्ने बताएका छन् । शनिबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमै जाऔँ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरेको बताए । उनले भने, ‘ प्रधानमन्त्रीले पटक पटक सर्वदलीय बैठक बोलाउने तर उहाँ नआउने । ओली सर्वदलीय बैठकमा नआएपछि हामी बालकोट जाऔँ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु । उहाँलाई सदन रोक्नु भएन भनौं । उहाँले महाधिवेशनपछि भन्नुभएको थियो । आवश्यक परे जान्छौं ।’ नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदैछ।

प्रतिक्रिया