निर्वाचन आयोगद्वारा आगामी वैशाख १४ गते स्थानीय तहको चुनाव गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा निर्वाचन आयोगका पदाधिकारीले वैशाख १४ गते निर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।

‘मौजूदा कानून बमोजिम स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख महिनामा गर्नुपर्ने अवस्था रहेकोले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने’ आयोगले प्रस्ताव गरेको छ ।

आयोगले कुनै कारण एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबारका दिन र दोश्रो चरण वैशाख २२ गते बिहीबारका दिन गर्न सकिने समेत विकल्प दिएको छ ।

Press Release 2078-09-09 (1)-1

Press Release 2078-09-09 (1)-2

प्रतिक्रिया