शौचालयमा कोबराले डसेपछि लिंग काट्नुपर्यो

केपटाउन । दक्षिण अफ्रिकाको जंगल सफारीका क्रममा शौचालय छिरेका एक विदेशी पर्यटकलाई कोबरा (गोमन सर्प) ले डस्यो । त्यो पनि गुप्तांगमा ।  

विषालु सर्पले डसेकाले हेलिकोप्टरबाट उद्धार गरेर उपचार गरिए पनि ती पर्यटकको लिंगको केही भाग काटनुप¥यो । चिकित्सकका अनुसार विषका कारण विरामीको लिंग गलिसकेको थियो, जसलाई काट्नुबाहेक अर्को उपाय थिएन । 

‘डेली मेल’ का अनुसार नेदरल्याण्डका ४७ वर्षीय ती पर्यटक दक्षिण अफ्रिकाको जंगलमा घुम्न आएका थिए । प्रकृति आरक्षण क्षेत्रमा घुम्ने क्रममा उनी जंगलको बिचमा निर्मित एउटा शौचालय छिरेका थिए ।  

शौचालयको कमोडमा पहिलदेखि नै विषालु गोमन सर्प थियो, जसले ती पर्यटकको लिंगमै डस्यो । संवेदनशील अंगमै सर्पले डसेपछि ती पर्यटक आत्तिएर चिच्याए । जंगल सफारीका गार्ड र अन्य कर्मचारी उनको सहयोग गर्न गए । तिनले नजिकैको अस्पताललाई हेलिकोप्टरमार्फत पर्यटकको उद्धारका लागि आग्रह गरे । 

तीन घन्टापछि हेलिकोप्टर आयो र उनको उद्धार ग¥यो । सर्पले डसेको ठाउँबाट नजिकै भनिएको अस्पतालसम्मको दूरी ३ सय ५० किलोमिटर थियो । 

सर्पले डसेपछि पर्यटकले आफ्नो लिंगमा तिब्र जलन महसुस गरे, केहीबेरमै उनको लिंग सुन्निएर निलै भयो । हेर्दाहेर्दै उनको लिंग र आसपासको हिस्साको मासु गल्न थाल्यो । चिकित्सकले संक्रमण फैलनसक्ने र विरामीको ज्यान नै जानसक्ने जोखीम भएकाले लिंगको केही भाग काट्नुप¥यो । 

हुन त झाडीमा दिसा बस्दा मलद्वारमा सर्पले डसेका घटना धेरै सुनिन्छन्, तर कसैको लिंगमा विषालु सर्पले डसेको घटना चाहिँ दुर्लभ हो । 

जब ती पर्यटक आफ्नो देश नेदरल्यान्डस फर्किए, त्यहाँ चिकित्सकले उनको लिंगलाई विशेष पद्धतिबाट पुनः तयार गरिदिए । लिंगको जुनजुन अंग गलेर काटिएको थियो, कम्मरबाट निकालिएको तन्तुको मद्दतबाट पुनः त्यसमा नयाँ तन्तु निर्माण गरियो । अन्ततः उनको लिंग करीब ‘काम लाग्ने’ अवस्थामा फर्कियो । अचेल उनको लिंग तन्दुरुस्त छ । 

सामाजिक संजालमा ती पर्यटकले भने, ‘अफ्रिकी मुलुकको यात्रा गर्नेहरु सतर्क रहनुहोला ।’

प्रतिक्रिया