गच्छदार टिमका पाँच नेता कांग्रेस केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट प्रवेश गरेका पाँच नेता कांग्रेस केन्द्रीय सदस्यमा बिजयी भएका छन् । यी बिजयी नेतामा रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी र गणेश लामा हुन् ।

खुलातर्फबाट उम्मेदवारी दिएका दहित १७१० र लामा १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका छन् भने थारू खुलातर्फबाट उठेका रामजनम चौधरीले २५०३ र योगेन्द्र चौधरीले २१९८ मत प्राप्त गरेका छन् । थारू महिलातर्फबाट प्रतिस्पर्धा गरेकी कल्पना चौधरीले २५२४ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

फोरम लोकतान्त्रिकबाट आएका शिवकुमार गुर्मछान र गीता चौधरी भने केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

सभापति शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका फोरम लोकतान्त्रिकका पूर्व अध्यक्ष विजय गच्छदार धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए ।

देउवा र गच्छदारले हस्ताक्षर गरेर ३० असोज २०७४ मा पार्टी एकीकरण गरेका थिए ।
 
 

प्रतिक्रिया