फागुन १४ मा ‘लाज शरणम’

काठमाडौँ। चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा रिलिज हुने भएको छ।

हाल स्क्रिप्ट लेखनको चरणमा रहेको फिल्मको टिमले शुक्रबार रिलिज मिति फाइनल गरेको हो।

निर्माण टिममध्येका कुमार कट्टेल ‘जिग्री’ले फिल्मका लागि चाँडै नै निर्देशक, कलाकार तथा अन्य प्राविधिक फाइनल गरिने बताए। “अहिले पात्र अनुसारको स्क्रिप्ट लेखनमै व्यस्त छौं। स्क्रिप्ट फाइनल भइसकेपछि कलाकार र प्राविधिक फाइनल हुनेछ”, उनले भने।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया