कांग्रेस सहमहामन्त्रीमा खसआर्यबाट राठौर र मुस्लिम कोटाबाट मन्सुर निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्य कोटामा किशोरसिंह रठौर निर्वाचित भएका छन् । रठौरले २५७६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले २०५९ मत ल्याएका छन् । रठौर देउवा प्यानलबाट उमेदवार बनेका थिए ।

त्यसैगरी सहमहामन्त्रीमा मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुर २७७६ मत ल्याएर मुस्लिम कोटाबाट निर्वाचित भएका हुन् । अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् ।

प्रतिक्रिया