‘बसाइँ’ उपन्यासका सर्जक क्षत्रीले पाए पदमश्री पुरस्कार

काठमाडौं, कात्तिक २२ : आसामका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षत्रीलाई सोमबार पदमश्री पुरस्कार प्रदान गरिएको छ ।

नयाँदिल्लीमा आयोजित समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्षत्रीलाई भारतकै प्रतिष्ठित सम्मान प्रदान गरेका हुन् ।

आसाममा जन्मे–हुर्केका उनले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

उनले लेखेको उपन्यास ‘बसाइँ’ नेपाली साहित्यको निकै चर्चित कृति हो । उनका ‘ब्रहमपुत्रको छेउछाउ’, ‘अतृप्त’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘दोबाटो’, ‘तीन दशक बीस अभिव्यक्ति’लगायत कृति प्रकाशित छन् ।

‘लीलबहादुर क्षत्री सरले राष्ट्रपति महोदयबाट आज पद्मश्री पुरस्कार थाप्नुभयो, सरलाई धेरैधेरै बधाई, आज भने धेरै खुशी लाग्यो,’ आसामका साहित्यकार–लेखक खगेन शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया