टेम्के महोत्सव २०८१ शुरु

यत्तिबेला टेम्के डाँडा रङ्गीविरङ्गी गुराँस चिमलोका फूल र वसन्तका पालुवाले  मनोरम छ । त्यही सुन्दरतालाई झ्याप्प छोपेर टेम्केमैयुङ गाउँपालिकाले नयाँ वर्ष २०८१ सालको अवसर पारेर वैशाख १, २ र ३ गते कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ महोत्सव आयोजना गर्न लागेको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरूपले सुन्दर र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थलका रूपमा नेपालमै परिचित छ । टेम्केमैयुङको सुन्दरतालाई विश्वस्तरमा नै प्रचारप्रसार गर्न र मुन्धुम पदमार्गमा पर्यटकहरूको संख्या वृद्धि गर्न,  स्थानीय उत्पादन तथा कला र सँस्कृतिलाई बाह्य क्षेत्रसम्म चिनारी गराउँदै स्थानियताको प्रवर्द्धन गर्नका लागि महोत्सव भव्यता पूर्वक सम्पन्न गर्ने लक्ष्य लिएर जनप्रतिनिधि, समाजसेवी, व्यवसायीहरू निरन्तर खटेका छन् ।  

कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ भव्यता पूर्वक सम्पन्न गर्न र पाहुनालाई स्वागत गर्न गाउँपालिका बासी उत्साहित भएर लागेका छन् । टेम्केमैयुङको कृषि र पर्यटनलाई प्रवर्ध्दन गर्दै गाउँपालिकालाई समृध्दितर्फ लैजाने मार्गलाई प्रशस्त बनाउनका लागि, स्थानीय कला, साहित्य र सँस्कृतिलाई प्रवर्ध्दन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नुका साथै स्थानीय उत्पादनलाई प्रवर्ध्दन  गरी गाउँपालिकालाई समृध्द र आत्मनिर्भर बनाउनका लागि महोत्सव आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनु भएको छ । यस महोत्सवले पुराना कलाकार तथा स्रष्टाहरूलाई सम्मान र उदीयमान कलाकार तथा साहित्यकारहरूलाई प्रोत्साहन दिनेछ । यो महोत्सवमा ५०००० जना सहभागी गराउने लक्ष्य गाउँपालिकाले लिएको छ र  यसले सन् २०२५ लाई पर्यटन भ्रमण वर्षका रूपमा मनाउनका लागि पूर्व तयारीको प्रारम्भिक चरणका प्रयासका रूपमा लिइएको कुरा अध्यक्ष बस्नेतले बताउनु भयो । 

guras

महोत्सव व्यवस्थापन समितिका अध्यक्ष आईकुमार राईले भन्नुभयो( महोत्सव गाउँपालिकाको कला, साहित्य, सँस्कृति र पर्यटन विकासकालागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा काठमाण्डौ, सुनसरी, उदयपुर, धनकुटा, खोटाङ, सोलुखुम्बु र भोजपुर जिल्लाबाट सहभागी हुने छन् र नेपालका ख्याति प्राप्त पर्यटन व्यसायी तथा ट्र्रेकिङ गाइड तथा प्रकृतिको सुन्दरता र लालीगुराँसका पारखी तथा मुन्धुमको पवित्रता र पौराणिक महत्व बुझ्न उत्सुकहरू सहभागी हुने कुरा भन्नुभएको छ । स्थानीय व्यवसायी, उत्पादकहरू, विभिन्न जातजातिका कला सँस्कृति झल्कने झाँकीहरू प्रस्तुती, कविता प्रतियोगिता, मुन्दुम पदमार्गको वृत्तचित्र प्रर्दशन, मुन्दुम पदमार्ग ट्रेलरेश९ बागखोरदेखि चखेवा, ४० किमि लम्बाइ, पहाडको टुप्पोमा०, सहभागीलाई स्थानीय उत्पादनबाट बनेका परिकारहरू ९ भुटेका मकै, गुन्द्रुकको अचार, किनिमा, कठुवा, सरूवा, तुम्बा, लाइभ स्थानीय हेङ्मा, वाचिपा, लोकल कुखुरा ,राँगा, खसी, भेडाको मासुको परिकार आदि० सहभागी अतिथिहरूले महोत्सव २०८१ को अतिथि सत्कारका रूपमा टेम्केमैयुङको स्थानीय सँस्कृतिबाट आतित्थ्यताको सत्कार पाउने कुरा व्यवस्थापन समिति अध्यक्ष बताउनु हुन्छ। 

वडा नं. ४ मा हुनलागेको महोत्सवमा आउनुहुने पाहुनाको बस्ने व्यवस्थाको लागि स्थानीय होटलहरूलाई व्यवस्थित बनाइसकिएको र अत्याधिक संख्यामा उपश्थित भएमा चखेवादेखि खोङ्टाङसम्म पाहुनाहरूले स्थानीय खानाका परिकार खान र सुविधायुक्त ढंगले बास बस्न सक्ने गरी पूर्ण तैयारी गरिसकिएको जानकारी टेम्केमैयुङ गाउँपालिका वडा नं। ४ का वडाअध्यक्ष हर्कराज राईले दिनुभयो । 

पूर्वको साँस्कृतिक परम्परा र हालको अभ्यासलाई समेत झल्काउने गरी  साकेला, झाँकी, लाखेनाँच, पञ्चेबाजा, मारूनी, सुनकोसी र अरूणका स्थानीय भाका, पूर्वेली भाका,  मुन्धुम गायन र नृत्य तथा अन्य नृत्यहरूले महोत्सवको रौनकता र भव्यतासहित  अतिथिहरूलाई ३ दिनसम्म सत्कार गरिरहने जानकारी ३ नं। वडा अध्यक्ष पूर्णप्रसाद राईले गराउनु भयो ।
 

स्थानीय क्षेत्रमा स्थानीय परिकारलाई महोत्सवमा आउने पाहुनालाई चखाउन उत्साही व्यवसायी हरूले चखेवाका मनोरम चौरहरूमा टेम्के डाँडाका पाखाहरूमा  काठ र बाँसका सयौँ अस्थायी टहराहरू बनाएका छन् । ती टहराहरूले सहभागीहरूलाई स्थानीय उत्पादन र स्थानीय स्वाद स्थानीय सँस्कृतिमा चखाउने छन् । यी सम्पूर्ण तयारीलाई अवलोकन गर्दा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव भव्यता पूर्वक सम्पन्न हुने र सहभागीहरूले टेम्केमैयुङको सुन्दरता र साँस्कृतिक मनोरञ्जन एकसाथ लिन सक्नेछन् ।

temke danda bhojpur
 
 

प्रतिक्रिया