‘चन्दु च्याम्पियन’ बन्न कार्तिकले लिए १४ महिने बक्सिङ प्रशिक्षण

मुम्बई। साजिद नाडियाडवाला र कबीर खान जस्ता दुई सिनेमाटिक पावरहाउसको बनिरहेको फिल्म ‘चन्दु च्यामि्पयन’ प्रतिक्षित फिल्ममा पर्दछ। 

फिल्ममा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा छन्। यो कथालाई विश्वका दर्शकमाझ उत्कृष्ट किसिमले प्रस्तुत गर्न कार्तिकले १४ महिनाको बक्सिङ यात्रा सुरु गरेका छन्।

फिल्मका लागि कार्तिकले आफ्नो शारीरिक वनावटमा जबरदस्त परिवर्तन ल्याएका छन्। उनले भूमिकालाई दमदार बनाउन बिना रोकावट निरन्तर १४ महिनाको बक्सिङ तालिम लिएका छन्। कार्तिक पहिलोपटक बक्सरको चरित्रमा फिल्ममा देखिँदैछन्।

मध्यतौल वर्गको यो प्रशिक्षणसँगै कार्तिकले आफ्नो डाइटमा पनि ध्यान दिएका छन्। उनी पूर्ण रुपमा कम चिनीजन्य खानेकुरा खाइरहेका छन्। 

उनले बक्सरको जस्तो शरीर देखाउनका लागि २० किलो तौल पनि घटाएका छन्। यो फिल्म सन् २०२४ को जुन १४ मा रिलिज हुँदैछ।(नेपाल न्यूज बैंक)    

प्रतिक्रिया