‘रुखान’मा आर्यन र नीतिको रोमान्स

काठमाडौँ। निर्देशक सबिर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रुखान’मा प्रमुख नायकका रुपमा अभिनेता आर्यन अधिकारी भित्रिएका छन्। फिल्ममा उनले अभिनेत्री नीति शाहसँग रोमान्स गर्नेछन्।

निर्देशक सबिरले आर्यन कथामा सुहाउने भएपछि भित्र्याइएको बताए। फिल्म नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुनेछ। निर्देशक सबिरले फिल्मले सिंगो देशका नागरिकले विभिन्न समस्यासँग कसरी जुधेर संघर्ष गरिरहेका छन् भन्ने कथा देखाइने बताए। “फिल्मले मुख्यतया महिला संघर्षको कथा भन्नेछ”, उनले भने।

फिल्ममा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङ निर्माता र अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन्। डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ।

फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया