नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा वृद्धि

काठमाडौँ। सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ। १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ।

बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो। आज ४९ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। १८७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ। ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

१३ उपसमूहमा व्यापारबाहेकका सबै घटेका छन्। माइक्रोफाइनान्स उपसमूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ। आज धौलागिरी लघुवित्तको सेयरमूल्य भने बढेर सर्किट लागेको छ। सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकका सेयरमूल्य पनि बढेका छन्।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुच्छ्रे विकास बैंक अगाडि छ। उक्त बैंकको संस्थापक सेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ।

यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ।

घटेका १८७ कम्पनीमा शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर अगाडि छ। बुद्धभूमिको सेयरमा नेगेटिभ सर्किट लागेको छ। गुर्खाज फाइनान्स, बोटलर्स बालाजु, गुराँस लघुवित्त र लक्ष्मी लघुवित्त घटेका छन्।   (नेपाल न्यूज बैंक)

प्रतिक्रिया