नेप्सेमा ३.३४ अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौँ। सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। साताको तेस्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो। 

बुधबार ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको छ। कारोकार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ छ। मंगलबार ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ थियो। 

आज ९४ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् भने १४७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ। ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

आज १३ उपसमूहमा माइक्रोफाइनान्स, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ।

आज गुर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा भने बढेर सकारात्मक सर्किट लागेको छ। सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त र धौलागिरी लघुवित्त पनि बढेका छन्।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज सोनापुर मिनरल्स सिमेन्ट अगाडि छ। उक्त कम्पनीको सेयर १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै शिवम् सिमेन्टको १७ करोड ६० लाख, गुर्खाज फाइनान्सको ७ करोड ४० लाख र फस्र्ट माइक्रो फाइनान्सको ७ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया