प्राध्यापकको हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

काठमाडौँ। मिनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका मुख्य योजनाकारलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय धर्मराज विष्टको २०६४ असार २६ गते हत्या भएको थियो। उनको हत्या सार्वजनिक गरिएकी सोभिता थापासहित थापाका सहोदर भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरि सख्त घाइते बनाएका थिए। बेहोस भएका उनको पछि उपचारको क्रममा मृत्यु भएको थियो।

कार्यालयकी डिएसपी सुरक्षा केसीको नेतृत्वको टोलीले थापालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। डिएसपी केसीका अनुसार, धर्मराज र सबिताबीच सामान्य चिनजान थियो। तर धर्मराजले सबितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए।

उक्त कुरा सबिताले आफ्ना भाइ बिनोदलाई बताएका थिए। दिदीको कुरा सुनेर बिनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजिब पाण्डेलाई बोलाएर कुटपिट गर्ने योजना बनाएको डिएसपी केसीले बताइन्।

उनका अनुसार योजना बनाएसँगै सबिताले धर्मराजलाई फोन गरी शंखमूल पुलनिर बोलाएकी थिइन्। त्यहाँ बिनोद र उनका साथीहरू तयार अवस्थामा बसिरहेका थिए। धर्मराज आएपछि उनीमाथि रड र इँटा ढुंगाले प्रहार गरेर भागेका थिए।

बिनोद, रञ्जन र राजिब त्यही बेला पक्राउ परेका थिए। उनीहरूले सजाय काटेर छुटिसकेका छन्। थापालाई प्रहरीले अदालतमा बुझाएको कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया