नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी

काठमाडौँ। साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ। कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ। 

कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ। ७३ लाख ४१ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९ सय ७६ रुपैयाँ ५। आइतबार कारोबार सूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहँदा पनि ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँको कारोबार भएको थियो। 

सोमबार १४८ कम्पनीका सेयरमूल्य बढेको छ भने ८५ को घटेको छ। ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन। आज १३ उपसमूहमा वाणिज्य बैंक, उत्पादन तथा प्रशोधन, लगानी र निर्जीवन बीमाबाहेकका सबै बढेका छन्। विकास बैंक उपसमूह सर्वाधिक १.३० प्रतिशतले बढेको छ।  

सर्वाधिक नोक्सानीमा मानुषी लघुवित्तका लगानीकर्ता छन्। एनएमबि बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डू हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीका सेयर धेरै घट्नेका सूचीमा छन्।

आज सप्तकोशी विकास बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्तको सेयर सर्किटस्तरमा बढोत्तरी भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज पनि शिवम् सिमेन्ट अगाडि छ। उक्त कम्पनीको सेयर १९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै गुर्खाज फाइनान्सको १९ करोड ७८ लाख र सोनापुर मिनरल्सको १३ करोड ८ लाखको सेयर किनबेच भएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया