नेप्सेमा गिरावट, १५७ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौँ। साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ। ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ। गत बिहीबार पनि बजार कारोबार घटेको थियो। २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो।

आज ७५ कम्पनीका सेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। आज ८४ कम्पनीको सेयरमूल्य बढ्दा १५० को घट्यो भने१० कम्पनीको स्थिर रह्यो। १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन्। सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ।

आज सर्वाधिक नोक्सानीमा वीन नेपाल लघुवित्तका लगानीकर्ता छन्। किसान लघुवित्त, युनियन हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, दोल्ती पावर सेयरमूल्य धेरै घट्नेका सूचीमा छन्। 

आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो। 

बजार घटेको दिन पनि सप्तकोशी विकास बैंकको सेयरमा सर्किट स्तरको बढोत्तरी छ। गुराँस र मानुषी लघुवित्तको सेयर पनि बढेको छ।  सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम् सिमेन्ट अगाडि छ। उक्त कम्पनीको सेयर ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै सोनापुर मिनरल्सको २३ करोड ७ लाखको सेयर किनबेच भएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया