माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौँ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ। आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने नेताहरुले बताएका छन्।

बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई बिफ्रीङ गरेका थिए। 

आजको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिनेसहित अन्य प्रस्तावहरुमाथि समेत टुंगो लगाउने नेताहरुले जनाएका छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया