एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौँ। नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ। सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो।

नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने जनाइएको छ। 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन्। प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ। त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया