सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो।
  
रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन्। उनी गृहमन्त्री बन्ने भएका छन्। श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो।

नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सरकारमा सहभागी हुन हतारिएको हो। शीर्ष नेताहरुको दौडधुप, दलहरुको नियमित आन्तरिक बैठक जारी रहिरहेको र समीकरणको अझै टुंगो लाग्न बाँकी रहेका बेला रास्वपा सरकारमा जान हतारिएको हो। रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया