निधिले पनि देउवालाई नै समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् । बानेश्वरस्थित निधि निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेका उनको सचिवालयले जनाएको छ । देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए ।

यसअघि प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् । सिंह र निधिको समर्थनले दोस्रो चरणमा देउवा बलियो बन्न पुगेका छन् । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् ।

त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया