रसियन प्रेमिका एल्सिनाबाट छुट्टिए टम क्रुज

लसएन्जल्स । हलिउड अभिनेता टम क्रूज केही समयदेखि आफू भन्दा २५ वर्ष कान्छी रसियन सामाजिक अभियन्ता एल्सिना खैरोवासँग डेटका कारण चर्चामा थिए । यही चर्चा बीच उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भएको छ ।

सञ्चारमाध्यमका अनुसार दुवैबीच धेरै गहिरो सम्बन्ध बन्न नपाउँदै दुवैले अलग्ग्निे निर्णय लिएका छन् । टम ३६ वर्षीया एल्सिनासँग डेटमा रहेको र उनी एल्सिनाकै अपार्टमेन्टमा बस्ने गरेको समाचार बाहिर आएका थियो । उनीहरुले रोमान्सको अवधिमा अधिकांश समय सँगै देखिन्थे ।

यो महिनाको सुरुवातमा यो जोडी लण्डनमा सँगै देखिएका थिए । तर अब भने उनीहरु एकअर्कासँग अलग्गिने निर्णय लिएका छन् । एल्सिनाले केही समयअघि मात्र आफ्ना सन्तानसँग टम क्रुजलाई भेटाएकी थिइन् । आफ्ना सन्तानलाईँ भेटाएको केही दिन बित्न नपाउँदै उनीहरु अलग्गिएका हुन् ।

टम तीन सन्तानका पिता हुन् । उनले तीन विवाह गरेका छन् । यसका बाबजुद पनि अहिले उनी ‘सिंगल’ छन् । उनले मिमी रोगर्ससँग सन् १९८७ मा पहिलो विवाह गरेका थिए । विवाहको दुई वर्षपछि सन् १९९० मा उनीहरु अलग्गिए ।

यसपछि टमको जीवनमा निकल किडमनका प्रवेश भयो । तर उनीहरु सन् २००१ मा अलग्गिए । त्यसको पाँच वर्षपछि टमले सन् २००६ मा केटी होम्ससँग विवाह गरेका थिए ।
 

प्रतिक्रिया