गजल

प्रेमले सबथोक दर्शाइन्छ 
फेरि के कारण कसम खाइन्छ 

हर्ष, पीडा आउने जाने हुन्
जिन्दगी पन्ना हो पल्टाइन्छ 

फेरि दिलमा बस्न आयो कोही 
फेरि दिलको घाउ कोट्याइन्छ 

यो पटक माली बिदामा छन् रे 
यो पटक खुब फूल फक्राइन्छ 

तिम्रो चुम्बनले सिकाएको हो
दागलेनै दाग मेटाइन्छ 

प्रेममा यस्तै हो यस्तै हुन्छ 
तड्पिने चाहिन्छ तड्पाइन्छ 

छुट्न मननै हुन्न छुट्ने बेला 
फेरि छुट्दा हात हल्लाइन्छ 

बिनोद बिम्बित

प्रतिक्रिया