‘रूखान’ मा अनुबन्धित भइन् नीति शाह

काठमाडौँ। सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन्। 

चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच कागजी सम्झौता भएको हो। फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन्।

फिलम नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुनेछ। कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ। फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ।

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको निर्माणमा आवरण स्कीन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ। निर्देशक सबिरले फिल्मले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने बताए।(नेपाल न्युज बैंक) 

प्रतिक्रिया