मनिषा भन्छिन् – ‘आफ्ना लागि समय दिइरहेकी छु’

मुम्बई (आइएएनएस) । अभिनेत्री मनिषा कोइराला सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुसँग कुराकानी गर्न निकै रुचाउछिन् । उनले हालैमात्र फ्यानसँग सामाजिक सञ्जालको अन्तरक्रियामा आफू हालका दिनमा के गरिरहेको छु भनेर जानकारी दिएकी छन् ।

तीन दशक बढीको करियरपछि अभिनेत्री मनिषाले आफूले आफूलाई समय दिइरहेको बताएकी छन् । उनले इन्स्टाग्राम एकाउण्टमा कैयौं फोटो शेयर गर्दै आफ्नो अवस्थाबारे लेखेकी हुन् ।

‘धेरै मानिसहरु मलाई तपाईं के गर्दै हुनुहुन्छ ? भनेर सोध्छन् । तर कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरुले अब धेरै बढी काम गर्न सकिँदैन भनेर सोधे जस्तो लाग्छ’, उनी लेख्छिन् ।

उनले आफूले जीवनमा फरक–फरक वस्तुका स्वाद चाखिरहेको उल्लेख गर्दै आफूलाई मनपरेको कुरा आफूले गरिरहेको उल्लेख गरेकी छन् । ‘कहिले कहिले केही गर्दिन् । आफ्ना कुकुर र बिरालाका साथ समय बिताउनुका अलावा किताब पढ्ने, संगीत सुन्ने र आध्यात्मिकतालाई समय दिएकी छु । जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु’, उनले भनेकी छन् ।

३० वर्षको करियरमा सय फिल्ममा काम गरेपछि उनले केही समय आफ्ना लागि पनि कमाएको अनुभव गर्न थालेकी छन् । क्यान्सरसँग युद्ध गरेकी मनीषाले भगवानको कृपाले राम्रा मानिसहरु आफ्नो वरपर रहेको बताएकी छन् । ‘म उनीहरुको प्रेम र देखभालमा डुबेकी छु । मैले जीवनका अधिकांश समय एक व्यस्त सहरमा एक्लै बिताएकी छु’, उनले लेखेकी छन् ।

मनीषाको बुझाईमा एक्लो समयमा भगवानले आफ्नो बाटो बनाउँछन् । ‘मसँग मुठ्ठीभरमा असल साथी थिए, मेरो सम्झना मेरो हृदयका खजाना हुन्’, उनले लेखेकी छन् ।

मनीषाले सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौला’बाट अभिनयमा पाइला चालेकी थिइन् । बलिउडको हकमा भने उनले हिन्दी फिल्म ‘सौदागर’बाट अभिनय सुरु गरिन् ।

उनले ‘१९४२ः ए लव स्टोरी’, ‘बम्बे’, ‘इन्डियन’, ‘गुप्तः द हिडन ट्रूथ’, ‘खामोशीः द म्यूजिकल’, ‘दिल से..’, ‘कच्चे धागे’ र ‘एक छोटी सी लव स्टोरी’ सहित कैयौं राम्रा फिल्ममा अभिनय गरिन् । उनी अब सञ्जय लीला भन्सालीको ‘हीरा मन्डी’मा देखिँदैछिन् । 
 

प्रतिक्रिया