एक हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोवार भएको थियो। त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आज ३५ रूपैयाँले बढेको छ। आज चाँदी ५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया