कांग्रेस महाधिवेशनः तेस्रो पटक थपियो मतदानको समय

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा मतदानको समय राति साढे ११ बजेसम्मका लागि थप गरिएको छ । यसअघि साढे १० बजेसम्मका लागि समय थप गरिएकोमा फेरि तेस्रोपटक साढे ११ बजेसम्म मतदानका समय थप गरिएको हो । मतदान अन्तिम चरणमा पुग्दा तेस्रोपटक समय थपिएको हो ।

खुलातर्फको महिलाको मतपत्र अपुग भएर समय थप गर्नुपरेको निर्वाचन समितिले जनाएको छ । समितिले अहिले मतपत्र छाप्नका लागि अर्डर दिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

सोमबार बिहान ११ बजेपछि सुरु भएको मतदान साँझ ५ बजे सक्ने भनिए पनि राति साढे ९ बजे, साढे १० बजेर हुँदै तेस्रोपटक साढे ११ बजेका लागि समय सारिएको हो । 
 

प्रतिक्रिया