‘मेयर’को मुहुर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

काठमाडौँ। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जिवनीमा आधारित रहेर निर्माण हुने फिल्म ‘मेयर’को राजधानी बुधबार मुहुर्त गरिएको छ।

Movie Mayorसरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहुर्त गरिएको हो। फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन्। “केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति, घात प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुनेछ,” उनले भने।

Movie Mayorफिल्ममा शिर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहनेछन् भने उनको अपोजिटमा वर्षा राउत छिन्। त्यस्तै अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अविंशा चापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत अन्य कलाकारले फिल्ममा अभिनय गर्नेछन्।

फिल्मबाट निर्माताको रुपमा श्रृष्टिमां खनाल र कलाकारको रुपमा अविंशा थापाले डेब्यू गर्दैछन्। फिल्म पटकथा प्रडक्शनले निर्माण गर्न लागेको हो। शर्मिला पाण्डे र श्रृष्टिमां खनाल निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा लेखन, कृष्णबहादुर थापाको छायांकन, जयन जे बाइवा र कल्याण सिंहको संगीत हुनेछ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया