एक हजार दुई सयले घट्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया