बस दुर्घटनामा ८ जनाको मृत्यु


दाङ, २१ कात्तिक : सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको  ना २ ख २५५२ नं को यात्रुबाहक बस  कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका ६  र घटनास्थमै २  बालबालिका गरी सात जनाको मृत्यु भएको हो  ।

बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ।  बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र  मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ ।(रासस)

प्रतिक्रिया