क्यानडाविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको ‘क्लिन स्विप’

काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले  ‘क्लिन स्विप’गरेको छ । 

सोमबार भएको तेसे तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो । 

क्यिानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिए । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।

क्यानडाका लागि नभनीत धलिवालले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै, आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।
 

प्रतिक्रिया