लगातार घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

हिजो सोमबार छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया