रोकियो शाहरुख र सुहानाको फिल्म

मुम्बई। बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन्। उनी सन् २०२४ मा उनी कैयौं फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन।

यही बीचमा शाहरुख खानले छोरी सुहाना खानसँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ। बेनामे यो फिल्ममा पहिलोपटक शाहरुखले छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए।

सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’ बाट अभिनयमा डेब्यू गरेकी थिइन्। यो फिल्मपछि शाहरुख र सुहानाले अर्को एक बेनामे फिल्ममा सहकार्य गरेका थिए। तर अब त्यो फिल्मको काम रोकिएको छ।

फिल्म निकट स्रोतका अनुसार शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मनपराउँदैनन्। त्यहीकारण पनि यो फिल्मको काम रोकिएको स्रोतको दाबी छ।

सुहाना र खुशी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मन पराएनन्। यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया