अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सात पक्राउ

काठमाडौँ। प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव, २४ बर्षका हरिशंकर चौधरी रहेका छन्।

उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु १६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ। उनीहरुलाई नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडौँ विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया