सलिनमानको ‘युओजी’ कमब्याक

काठमाडौँ। अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाराज’मार्फत नेपाली फिल्ममा कमव्याक गर्ने भएका छन्। मंगलबार सलिनमान र सलोन बस्नेतको मुख्य भुमिका रहने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ।

थिम पोस्टरमा अभिनेता सलिन र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ। पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ। सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ।

फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुनेछ। सलोन र सलिनमानले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।

करिब चार करोड बजेटमा निर्माण हुने फिल्म आगामी वैशाख वा जेठबाट फ्लोरमा जानेछ। फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ।

एक्सन जनरामा निर्माण हुने फिल्मका लागि सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन्। फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा रहेको जानकारी दिएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया