यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल पुग्यो सुपर सिक्समा

काठमाडौं : आईसीसी यू–१९ विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । 

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको जितमा कप्तान देव खनालले सर्वाधिक सर्वाधिक ५८ रन बनाए ।  त्यस्तै, अर्जुन कुमाल र आकाश त्रिपाठीले कमश्ः १०र १६ रन बनाए । 

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो ।

अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।

नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिएका थिए । त्यस्तै, दीपेश कँडेलले २ विकेट र गुल्शन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक उक विकेट झारे ।

समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया