राष्ट्रियसभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं। निर्वाचन आयोगले अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ।

राष्ट्रियसभाका रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ। 

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।

आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदानका लागि २०४७ मतदाता रहेका छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया