माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन कांग्रेस महामन्त्री थापाको माग

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन्।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डला मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने महत्वपूर्ण ठाउँ भएको बताए।

महामन्त्री थापाले सोमबार बिहान धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा आज नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सहित मन्त्री र केही मानिसलाई पक्राउ गरेको सन्दर्भ जोड्दै माइतिघरको निषेधित क्षेत्र हटाइनुपर्ने माग गरे।

प्रहरीले धोती दिवस मनाउँन गएकाप्रति बल प्रयोग गर्नुपरेको कारण पनि निक्षेधित क्षेत्र नै भएको थापाको बुझाई छ। उनले भने,‘‘माइतिघर मण्डलामा मानिसले आएर आफ्नो कुरा राख्ने ठाउँ बनाएको होनित, त्यहाँ बोलेपछि सरकार,संसदले बोलेको कुरा सुन्छ भन्ने अनुभूति गराउन खोजेको हो। निषेधित क्षेत्र घोषणा गर्नुको कुनै औचित्य छैन। त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस्।”

आज धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै जनमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया