राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्याउछौं : गगन थापा

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले, प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् ।

शनिवार भक्तपुरमा आयोजित क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले, दाहाललाई कांग्रेसले  प्रधानमन्त्री बनाएको भन्दै राम्रो काम गर्न नसके खुमलटारबाट बालुवाटार फर्काउने चेतावनी दिएका हुन् । 

खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्ने उनको तर्क छ । उनले भने,‘ प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्छ । ’

उनले नेपाली कांग्रेसको अस्तित्वलाई नजरअन्दाज गरियो भने देश गृहयुद्धमा फस्ने चेतवानी दिए । ‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि त धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा नेपाल गाँजिन्छ पर्छ ।’ उनले भने ‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन मान्नु पर्छ हामीले । अब अहिले फेरि हामीले जिम्मा पाएका छौँ । कसैलाई दोष दिन मिल्दैन् । यो बेला हामीले काम गर्नुपर्छ ।’

उनले आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारी रहेको भन्दै बालकुमारीमा घटेको घटना प्रति दुःख व्यक्त गरे । उनले भने, ‘आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भयो  त्यो दुःखद् घटना हो दुई जवानहरु हामीले गुमाऔं सानो नोक्सान हो त्यौ ? ।’

उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने तर्क राखे  ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राम्रो काम नगरे प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारबाट बालकोट पु¥याइदिने चेतावनी दिएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले ने प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताएका हुन्।

‘हामीले जुन दिन चाहँदैनौँ वा प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसकै छ,’ महामन्त्री थापाले भने।

उनले नेपाली कांग्रेस सरकारमा भएको बेला धेरै काम गर्नुपर्ने पनि बताएका छन्। ‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ,’ उनले भने। उनले बालकुमारीमा शुक्रबार भएको घटना दुःखद् भएको पनि बताएका छन्।(न्युज एजेन्सी नेपाल)
 

प्रतिक्रिया