कांग्रेस महामन्त्रीका लागि तीन प्यानलबीच भिडन्त

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि डा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरुले शनिबार अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । डा. महत वर्तमान सहमहामन्त्री हुन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् ।

त्यस्तै नेताहरु डा. मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्माले पनि महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । थापा र रिजाल डा. शेखर कोइराला प्यानलका हुन् । त्यस्तै विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।


 

प्रतिक्रिया